• होमपेज
  • समाचार
  • लकडाउनमा पनि बैंकको एटिएम सुविधा नरोकिने

लकडाउनमा पनि बैंकको एटिएम सुविधा नरोकिने

  • मङ्लबार, चैत्र ११, २०७६
लकडाउनमा पनि बैंकको एटिएम सुविधा नरोकिने

विश्व नै त्रसित बनाउने कोरोना भाइरन बिरुद्ध लड्न सरकारले गरेको लकडाउनमा नेपाली जनताको पूर्ण साथ र सहयोग देखिएको छ । यस्तो अवस्थामा पनि बैंक तथा वित्तिय संस्थाले आफ्नो सेवालाई निरन्तरता दिनको लागि बैंकहरुको काउण्टर बन्द रहे पनि बैंकका एटिएमहरुमा पैसाको कमी भने हुने छैन । किनभने यसको लागि सरकारले एउटा बैंकलाई एउटामात्र पास दिने भएको छ।

सात दिनसम्म लकडाउनमा बैंकका सम्पूर्ण काउन्टर बन्द हुने तर बैंकका एटिएम भने खुल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन् । नेपाल बैंकर एसोसिएसनको समन्वयमा कुन बैंकका कुन कर्मचारीलाई पास दिइने भन्ने तय हुने भएकाले जम्मा एउटा पास दिइने भट्टले जानकारी दिए। काउन्टर बन्द भए पनि एटिएममा पैसा राख्ने, विद्युतीय कारोबारका लागि प्रणाली अपडेट गर्नु पर्ने भएकाले कर्मचारीहरु कार्यालयसम्म जानु पर्ने हुन्छ। यसका लागि पनि हरेक बैंकका केही कर्मचारीलाई पासको व्यवस्था गरिने भएको हो।

उपत्यका बाहिरको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर आवश्यक काम गरिने तयारी गरिएको छ। तर अहिले नै उपत्यकाबाहिर के–कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय भैसकेको छैन।

बैंकहरुले मुख्य–मुख्य ठाउका केही काउन्टर आकस्मिक सेवाका लागि खुला गर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। बैंकहरुको एटिएममा पैसा राख्नका लागि र विद्युतीय कारोबार सुचारु गर्नका लागि केही कर्मचारीहरुलाई पास दिने कुरा भएको उनले जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार