• होमपेज
  • समाचार
  • एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

  • सोमवार, चैत्र १०, २०७६
एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

फ्रान्सबाट कतार हुँदै आएका एकजना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

उताबाट आएपछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।’बिरामी महिला हुनुहुन्छ। अहिले उहाँको परिचय यति मात्र दिउँ,’ मन्त्री ढकालले भने, ‘ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ।’

उनको परिवारका सबै सदस्य र उनीसँग भेटघाट गरेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि