• होमपेज
  • अर्थ/वाणिज्य
  • आठ महिनामा रु २२ लाख भेटी

आठ महिनामा रु २२ लाख भेटी

  • आइतवार, चैत्र २, २०७६
आठ महिनामा रु २२ लाख भेटी

पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब रु २२ लाख भेटी सङ्कलन भएको छ । मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा गत साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा रु २१ लाख ८२ हजार ६०७ भेटी सङ्कलन भएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनका अनुसार धार्मिक पर्यटनको आकर्षक तीर्थस्थलको रुपमा विकसित हुँदै गरेको गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, चितवन, कास्की, तनहँु, काठमाडौँ, झापा, सुनसरीबाट दर्शनार्थी तथा तीर्थयात्री आउने गरेका छन् । “मन्दिरमा चालु आर्थिक वर्षको गत साउन महिनादेखि फागुन मसान्तसम्म करिब रु २२ लाख भेटी सङ्कलन भएको छ”, कोषाध्यक्ष पुनले भन्नुभयो । कोषाध्यक्ष पुनका अनुसार सबैभन्दा धेरै आर्थिक सङ्कलन साउन महिनामा भएको छ ।

साउनमा भक्तजनले चढाएको रु ११ लाख आठ हजार ३४० भेटी सङ्कलन भएको हो । त्यस्तै साउने सोमबार, बालाचर्तुदशी, शिवरात्रि आदि पर्वमा भेटी सङ्कलन भएको हो । कोषका कार्यालय सचिव रामबहादुर बानियाँका अनुसार भदौ महिनामा रु एक लाख छ हजार १५७, असोजमा रु तीन लाख २७ हजार ४०२, कात्तिकमा रु दुई लाख एक हजार ४०६, मङ्सिरमा रु तीन लाख ५५ हजार ६७०, पुसमा रु ७४ हजार ८५०, माघमा रु एक लाख ६६ हजार ५२० र फागुनको हालसम्म मेला शिवरात्रि पर्वबाट रु दुई लाख २२६ सङ्कलन भएको छ ।

अहिले पनि दैनिकजसो म्याग्दीसहित विभिन्न जिल्लाबाट २०० देखि ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । गत आर्थिक वर्षमा गलेश्वरधाममा वन कार्यालयको रु आठ लाख र कोषको दुई लाख लगानीमा बहुउद्देश्य पार्क निर्माण, रु एक लाख ७४ हजारको लगानीमा आठ वटा सिसी क्यामरा र बाहिरबाट दर्शन र मन्दिरको बारेमा जानकारी लिनको लागि कोषले गलेश्वर डट कम नामको बेवसाइटसमेत बनाएको केसीले जानकारी जानकारी दिनुभयो । गलेश्वरमा जति पनि भौतिक निमार्णका कार्य भइरहेका छन् ती धेरैजसो भक्तजनले दान गरेको भेटीबाटै भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि