• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे क्यापिटलद्वारा महिलासँग अन्तरक्रिया

माछापुच्छ्रे क्यापिटलद्वारा महिलासँग अन्तरक्रिया

  • साेमबार, फाल्गुन २६, २०७६
माछापुच्छ्रे क्यापिटलद्वारा महिलासँग अन्तरक्रिया

माछापुच्छ्रे क्यापिटल लिमीटेडले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नारीहरु लक्षित सचेतना कार्यक्रम आयोजना गरेको छ ।

काठमाण्डौका जमलस्थित चेम्बर भवनमा अवस्थित क्यापिटलको आफ्नै सो कार्यक्रम आयाजना गरिएको हो ।

कार्यक्रममा क्यापिटल आफू तथा लगानीकर्ताहरु मिलेर के कस्तो राम्रो र नयाँ कार्य गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।

छोटो कार्यक्रमकाबीच डिम्याट खाता, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा तथा मर्चेन्ट बैंकले प्रदान गर्ने अन्य सेवाहरु र यसबाट पाइने सुविधाको विषयमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी हुन विभिन्न क्षेत्रबाट समाजसेवी, व्यवसायी तथा गृहिणीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार