• होमपेज
  • बैंकिङ्ग
  • एन आई सी एशियाको मुद्दती खातामा सबैभन्दा बढी फाइदा !

एन आई सी एशियाको मुद्दती खातामा सबैभन्दा बढी फाइदा !

  • मङ्लबार, फाल्गुन २०, २०७६
एन आई सी एशियाको मुद्दती खातामा सबैभन्दा बढी फाइदा !

एन आई सी एशिय बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न अविस्वासनीय सुविधाहरु दिदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनिय बीमा सुविधा दिएको छ । जसले परम्परागत रुपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषानै फेरिदिएको छ ।

बैंकले ग्राहक महानुभावहरुको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ ।

यस्तै, ग्राहकमहानुभावले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नुहुनेछ । ग्राहक महानुभावले बहिरंग उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सक्नुहुनेछ । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।

बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरीसक्नु भएको छ ।

एन आई सी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । २१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँको सेवा लिन सक्नेछन् ।

न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरुको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नेछन् ।
ग्राहक महानुभावहरूले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नुहुनेछ ।

बैंकर्स संघमा भएको भद्र सहमती अनुसार बैंहरुले मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशत सम्म ब्याज पाउनुहुनेछ । त्यसमा शाखा प्रमूखले बढीमा ०.५० प्रतिशत सम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा ९.७५ प्रतिशत सम्म ब्याज दिन्छन् । एन आई सी एशिया बैंकले भने सर्वाधिक उच्च ब्याजदर सँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि