• होमपेज
  • समाचार
  • ‘नैतिकताका आधारमा राजीनामा’

‘नैतिकताका आधारमा राजीनामा’

  • बिहीबार, फाल्गुन ८, २०७६
‘नैतिकताका आधारमा राजीनामा’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा आज पदबाट राजीनामा दिनुभएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताउनुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ, “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।”

Facebook Comments

सम्बन्धित समाचार