• होमपेज
  • बैंकिङ्ग
  • नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता

  • बुधबार, फाल्गुन ७, २०७६
नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच संघका सदस्यलाई व्यवसाय प्रवद्र्धन तथा बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र भक्तपुर उवासंघका अध्यक्ष प्रदीप श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासँगै बैंकले संघका सदस्यका साथमा देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवद्र्धन गर्न सहयोग गर्ने शाहले बताए ।

हाल बैंकका ११४ ओटा शाखा, १६६ ओटा एटीएम र १ हजार ५०० भन्दा बढी रेमिट एजेन्ट सञ्चालनमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार