• होमपेज
  • कर्पोरेट
  • देवः विकास बैंकको नयाँ शाखा जोरपाटीमा

देवः विकास बैंकको नयाँ शाखा जोरपाटीमा

  • बुधबार, फाल्गुन ७, २०७६
देवः विकास बैंकको नयाँ शाखा जोरपाटीमा

देवः विकास बैंक लिमिटेडले थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखा गोकर्णेश्वर नगरपालिका, वडा नं ६ जोरपाटीमा सञ्चालित जोरपाटी शाखा कार्यालयको मिति आज एक कार्यक्रम बीच उद्धघाटन गरेको हो ।

शाखाको बैंक संचालक समितिका सदस्य भरत बहादुर हमालबाट औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संचालक हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिनु पर्ने बताए । उनले यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए ।

कार्यक्रममा गोकर्णेशवर नगरपालिका, वडा नं ६ का अध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार भएको सन्तुष्ट व्यक्त गरे ।

कार्यक्रममा बैंकका संचालक  विजय राज शर्मा भुषाल, महानगरिय प्रहरी बृत बौद्धका प्रहरी नायब उपरिक्षक रेशम बहादुर सिंहले मन्तव्य राखेका थिए ।

कार्यक्रममा, बैंकका क्षेत्रिय प्रमूख, पत्रकार, विभिन्न संघसंस्थाका प्रमूख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार