• होमपेज
  • बैंकिङ्ग
  • बैंक अफ काठमाण्डुले मनायो २५ औं वार्षिकोत्सव

बैंक अफ काठमाण्डुले मनायो २५ औं वार्षिकोत्सव

  • बुधबार, फाल्गुन ७, २०७६
बैंक अफ काठमाण्डुले मनायो २५ औं वार्षिकोत्सव

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नाे २५ औं वार्षिकोत्सव सम्पन्न गरेकाे छ । बुधबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी प्रमुख आतिथ्यतामा सम्पन्न गरेकाे हाे । साथै उक्त कार्यक्रममा बैंकको संचालक व्यवस्थापन समिति र सञ्चारकर्मीहरुको बाक्लाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गर्भनर नेपालद्वारा पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गरीएको थियो । तत्पश्चात बैंकका सञ्चालक समितिका अध्यक्ष  प्रकाश श्रष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै उक्त समारोहमा उपस्थित सम्पूर्ण उपस्थितजनहरुलाई विशेष धन्यबाद ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि गर्भनर नेपालले बैंकको २५औं वार्षिकोत्सवको लोगो सावजनिक गरी बैंकलाई २५औं वर्ष सम्म नेपालको बैंकिङ्ग क्षेत्रमा पऱ्याएको योगदानको लागि धन्यवाद सहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शभकामना ब्यक्त गरेका छन् ।

बैंकले आफ्नो २५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने जानकारी गराएको छ । जस अन्र्तगत बैंकका सबै प्रादेशिक कार्यालयहरुमा प्रभातफेरी तथा विभिन्न संघ संस्थाहरुलाई सहयोग, नेपाल रेडक्रससंगको सहकार्यमा रक्तदान कार्यक्रम, बैंकको आन्तरिक फुटसल प्रतियोगिता तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा बृहत ग्राहक सप्ताह कार्यक्रमको आयोजना गर्ने जानकारी गराएको छ ।

ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै २५औं वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न “बीओके कृषि कर्जा” सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको छ । साथै गाहक महानुभावहरुको आवश्यकता तथा उच्चतम् लाभ लाई मध्यनजर गर्दै बैंकले सहज बचत खाता’ नामक नयाँ बचत खाता सार्वजनिक गरेको छ ।

विभिन्न सुविधा सहितको न्यनतम मौज्दातम ‘सहज बचत खाता’ खोल्न सकिने जानकारी बैंकले गराएकोळे ग्राहकहरुलाई प्रविधीको प्रयोग गर्ने बानीको बिकास गर्न प्रेरित गर्ने उद्धेश्यले बैंकको मोबाइल बैंकिङ्ग “BOK SMART” मार्फत गरिने पहिलो कारोबार अर्न्तगत पहिलो TOPUP कारोबार बाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल TOPUP गर्दा २५% नगद फिर्ता हुने योजना समेत सार्वजनीक गरेको छ ।

त्यसैगरी, बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तगत काठमान्ड इन्टिच्युट अफ चाइल्ड हेल्थलाइ अावसीय भवन निर्माण गर्न एक कराेड सहयाेग गर्ने घाेषणा गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले का चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् ।  गभर्नर डा। चिरञ्जीवी नेपालले भूकम्पमा बैंकहरुले आर्थिक सहयोग नगरेको प्रति दुःख व्यक्त गर्दै यसपटक भने मैले भनेको मानेको भन्दै धन्यवाद दिए । उनले भने, डा। भगवान कोइरालाले च्यारिटी अस्पताल खोल्छु भन्दै मलाई एसएमएस पठाउनु  भयो र मैले बैंक अफ काठमाण्डुसँग कुरा गरे पनि भने त्यसमा मैले सहयोग गरिदिए यो एउटा पुन्यको यो सहित सामाजिक उत्तरदायित्वको रकम खर्च गर्न मैले भनिरहेकोमा खर्च गर्ने परिपाटी बसाल्नु भयो काम गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकत शोभन देव पन्तले कार्यक्रममा प्रमख आतिथ्यताको लागि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालज्य तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिवर्गहरु तथा सन्चारकर्मी महानुभावहरुलाई उपस्थितिका लागि धन्यबाद व्यक्त गरेका थिए ।

बैंक अफ काठमाण्डु लिमिटेडको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम मार्फत बैंकिङ सेवा दिइरहेका छन् । उक्त बैंकले आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार यस बैंकले गत आ.ब.को दोश्रो त्रैमासको तुलनामा खुद मुनाफामा २०% ले वृद्धि गरी रु ८८ करोड ३८ लाख कमाउन सफल भएको छ ।साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा कमश: ७८४% र ९.१४% ले वृद्धि भई क्रमशः रु.९०.११ अर्ब तथा रु.८२.४९ अर्ब पुऱ्याएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि