• होमपेज
  • बैंकिङ्ग
  • आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

  • सोमवार, फाल्गुन ५, २०७६
आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

ग्लोबल आइएमई बैंक आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी  ३ लाख रुपैयाँ सहयोग गरेको छ ।ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक  विजयराज सिग्देललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै आमाघर सेवा आश्रमका अध्यक्ष  रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडले गरेको सहयोग प्रति धन्यवाद दिएका थिए । आमा घर सेवा आश्रमका संरक्षक  विजयराज सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुवाहरुका लागी अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरेका हुन  । उनले ग्लोबल आइएमई बैंक, आश्रमलाई आर्थिक सहयोग प्रदान गर्ने प्रथम बैंक भएको समेत जानकारी गरए ।

त्यसैगरी डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भईनैरहने जानकारी गराए ।

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका पदाधिकारी, आश्रम ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।  बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार