• होमपेज
  • बैंकिङ्ग
  • ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

  • आइतवार, फाल्गुन ४, २०७६
ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

ग्लोबल आइएमई बैंकले खोटाङ शाखा शुक्रबारदेखि औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरे ।

बैंकले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, २४९ शाखारहित बैंकिङ सेवा र विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् सेवा दिदैं आएको छ।

Facebook Comments

सम्बन्धित समाचार