• होमपेज
  • कर्पोरेट
  • सनराइज बैंकको नयाँ योजनाः फिल्म हेर्दा पपकन फ्रि

सनराइज बैंकको नयाँ योजनाः फिल्म हेर्दा पपकन फ्रि

  • आइतवार, फाल्गुन ४, २०७६
सनराइज बैंकको नयाँ योजनाः फिल्म हेर्दा पपकन फ्रि

सनराइज बैंकले क्युएफएक्स सिनेमासँग सहकार्य गरेर सन्राइज पपकन मानिया योजना ल्याएको छ । बैंकले शुक्रवार एक कार्यक्रमको आयोजना गरेर उक्त योजना सार्वजनिक गरेको हो ।

यो योजना तीन महिनासम्म संचालन हुने बैंकले जनाएको छ । योजना अवधिभर नेपालभरिका क्युएफएक्स सिनेमाघरमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकन निःशूल्क प्राप्त गर्ने बैंकले जनाएको छ । प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ ।

जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।

उक्त योजनाको उद्धघाटन बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौडेल र टिम क्वाइस्टको सिइओ रोशन अइदिगाले सयूक्त रुपमा गरेका हुन् ।

उद्धघाटन कार्यक्रममा डिपुटी जनरल म्यानेजर आरती राज्यलक्ष्मी राना, डिपुटी जनरल म्यानेजर रविन कुमार नेपाललगाएतको उपस्थिती रहेको थियो ।

बैंकले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै नयाँ नयाँ योजना ल्याउने गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि