• होमपेज
  • बैंकिङ्ग
  • कनेक्ट आईपीएसमा रजिष्ट्रेशन गर्दा विओेकेका ग्राहकलाई रु १००

कनेक्ट आईपीएसमा रजिष्ट्रेशन गर्दा विओेकेका ग्राहकलाई रु १००

  • सोमवार, माघ २७, २०७६
कनेक्ट आईपीएसमा रजिष्ट्रेशन गर्दा विओेकेका ग्राहकलाई रु १००

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउस बिच बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुले आफ्नो खातालाई कनेक्ट आईपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १०० (अक्षरुपी रुपैया एक सय मात्र) ग्राहक महानुभावको खातामा उपलब्ध गराउने सहमती भएको छ ।

बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आईपीएसमा आफ्ना खातालाई पहिलो पटक लिङ्क गरी बैंकबाट भेरिफाई पश्चात् ग्राहक महानुभावहरुको आफ्नै खातामा रु १०० जम्मा हुनेछ ।

ग्राहक महानुभावले कनेक्ट आईपीएसमा रजिस्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्नुहुने जानकारी बैंकले गराएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार