• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकको मुनाफा ६० करोड ६३ लाख

माछापुच्छ्रे बैंकको मुनाफा ६० करोड ६३ लाख

  • सोमवार, माघ २०, २०७६
माछापुच्छ्रे बैंकको मुनाफा ६० करोड ६३ लाख

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले अधिकांश सूचकमा सुधार गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड ४ लाख बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सामान्य बढेको हो।

पुस मसान्तसम्ममा बैंकले १ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड २ लाख बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९ करोड २२ लाख रुपैयाँ बढेर १ अर्ब २३ करोड ५३ लाख पुगेको छ।

८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। त्यसगरी, बैंकको शेयरधनी कोषमा ६१ करोड ९ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ रहेको छ। बैंकले पुस मसान्तसम्ममा ६० करोड ६३   रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ।

दोस्रो त्रैमासको अन्त्यमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९५ पैसा बढी हो। बैंकको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।

पुस मसान्तसम्ममा बैंकले ९७ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निष्क्रिय कर्जा सो अवधिमा ०.४५ प्रतिशत रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.०१ प्रतिशत विन्दु बढी हो। बैंकको इम्पेरिमेन्ट चार्ज १७ करोड ४८ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बैंकको आधार दर १०.२६ प्रतिशत, स्प्रेडदर ५.२४ प्रतिशत र कोषको लागत ७.६४ प्रतिशत रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि