• होमपेज
  • बैंकिङ्ग
  • सेञ्चुरी बैंक भैरहवा शाखाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

सेञ्चुरी बैंक भैरहवा शाखाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

  • शनिबार, माघ १८, २०७६
सेञ्चुरी बैंक भैरहवा शाखाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमास्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ ।

११० बालबालिकाहरुको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखाप्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजयमणि त्रिपाठीलाई हस्तान्तरण गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार