• होमपेज
  • कर्पोरेट
  • कामना सेवा विकास बैंकको ११७औं शाखा काठमाण्डौको भिमसेनगोलामा

कामना सेवा विकास बैंकको ११७औं शाखा काठमाण्डौको भिमसेनगोलामा

  • शुक्रबार, माघ १०, २०७६
कामना सेवा विकास बैंकको ११७औं शाखा काठमाण्डौको भिमसेनगोलामा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा यही माघ ०८ गते आफ्नो ११७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार