• होमपेज
  • कर्पोरेट
  • सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

  • शुक्रबार, माघ १०, २०७६
सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

सनराइज बैंकले मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ । बिहिबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष  विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का  प्रमुख  विवेक निरौलाले  संयुक्त रुपमा बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेर उद्घाटन गरिएको बैंकले जनाएको  छ ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार