• होमपेज
  • रेमिटेन्स
  • सिटी एक्सप्रेसबाट २५ हजार पठाउदाँ जागेश्वरले जिते १० लाख

सिटी एक्सप्रेसबाट २५ हजार पठाउदाँ जागेश्वरले जिते १० लाख

  • शुक्रबार, पुस २५, २०७६
सिटी एक्सप्रेसबाट २५ हजार पठाउदाँ जागेश्वरले जिते १० लाख

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति’ योजनाअन्तर्गत साउदी अरबको अरब नेशनल बैंक–टेलिमनी बाट पैसा पठाई जागेश्वर भुस्कुलिया यादवले १० लाख जितेका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोह बीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्की ड्रमार्फत उक्त विजेता घोषणा गरिएको थियो । यस उपहार योजना अबधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत नौं सय जनाले दुई सयको मोबाइल टप अप, साप्ताहिक रुपमा १२  जना विजेताले १० हजार नगद र तीन जनाले एक लाख नगद प्राप्त गरिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक दुईको मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा १० हजार तीन जनालाई र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले १० लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसैं, तिहार र छठलाई लक्षित गर्दै यस ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति’ योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि