• होमपेज
  • कर्पोरेट
  • मेगा बैंकको मेगा विश्वास र ‘मेगा माया बचत खाता’ योजना

मेगा बैंकको मेगा विश्वास र ‘मेगा माया बचत खाता’ योजना

  • मङ्लबार, पुस २२, २०७६
मेगा बैंकको मेगा विश्वास र ‘मेगा माया बचत खाता’ योजना

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ ।

ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरुको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ ।

ग्राहकहरुलाई आकर्षक एवं नविनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभुति गराउने उद्देश्यले मेगा बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैँयासम्मको दुर्घटना बिमा, ३ लाख रुपैँयासम्मको प्राणघातक रोगहरुको बिमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बिमाको व्यवस्था बैंक आपैmले बिमा प्रिमियम शुल्क व्यहोर्ने गरी बिमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स् मार्पmत गर्ने भएको छ ।

आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका अहिले देशभर १११ शाखा, २० एक्सटेन्सन काउन्टर, ११४ एटिएम, ११९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि