• होमपेज
  • समाचार
  • अर्काे वर्षदेखि मुलुक बिजुली निर्यात गर्ने देश बन्ने

अर्काे वर्षदेखि मुलुक बिजुली निर्यात गर्ने देश बन्ने

  • शनिबार, पुस १२, २०७६
अर्काे वर्षदेखि मुलुक बिजुली निर्यात गर्ने देश बन्ने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनुभएको छ । उहाँले अर्काे वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जिकिर गर्नुभयो ।

राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका र केही आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी गराउनुभयो । मुलुकमा विसं १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुआत भएको थियो । त्यसको एकसय वर्षसम्म मुलुकको विद्युत् उत्पादन क्षमता एक हजार मेघावाट नपुगेको जानकारी दिँदै उहाँले चालु आर्थिक वर्षभित्रमा त्यसको क्षमता दुई हजार मेघावाट नाघ्ने बताउनुभयो ।

यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने चरणमा पुगेका छौँ, लोडसेडिङ अन्त्य मात्रै हाइन, बर्सातको समयमा विद्युत्मा आत्मनिर्भर भइसकेको छ, अर्काे वर्षदेखि विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुँदैछौँ ।” उहाँले गएको बर्सातमा केही विद्युत् निर्यात गर्न सफल भएको जानकारीसमेत दिनुभयो । हिउँदयाममा केही आयात गर्नुपर्ने भए पनि बर्सातमा भने आयातभन्दा धेरै निर्यात हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

विद्युत् चुहावट हुनबाट रोक्नु अर्काे चुनौती रहेको भन्दै उहाँले त्यसलाई रोक्न निरन्तर लागिरहेको जानकारी दिनुभयो । तीन वर्षअघि २६ प्रतिशत चुहावट रहेकामा अहिले १५ प्रतिशतमा झारेको र त्यसबाट वार्षिक रु सात अर्ब बढी थप आम्दानी गरेको उहाँको भनाइ छ । अहिले प्राधिकरण पूर्वाधार लगानी गर्ने हैसियतमा पुगेको र सरकारले छुट्याएको बजेटबाहेक प्राधिकरण आफैँ १० अर्ब लगानी गर्न सक्ने अवस्थामा पुगेको जिकिर गर्नुभयो ।

तीन वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने सरकारी अभियान सफल पार्न प्राधिकरण क्रियाशील रहेको उहाँले बताउनुभयो । प्रशासनको मनोबल तल छ, कृपया बढाउनस् ः डा रुइत सो कार्यक्रममा वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतले मुलुकको प्रशासन क्षेत्रको मनोबल उच्च बनाउने बेला आएको बताउनुभयो ।

“प्रशासनिक क्षेत्रको मनोबल तल छ, कृपया मनोबल बढाउन लाग्नुस्, तपाईंहरु अगाडि नबढी देश अगाडि बढ्दैन,” डा रुइतले भन्नुभयो । सो क्रममा उहाँले आफ्नो प्रयासमा सुलभ आई केयर विकास गरेको जानकारी दिँदै अहिले उक्त प्रविधि विकसित मुलुकले प्रयोग गरेको जानकारी दिनुभयो । डा रुइतले नेपालमा उत्पादन भएका डाक्टरहरु संसारका डाक्टरसँग कुम मिलाएर प्रस्तुत हुने अवस्थामा पुगेको जिकिर गर्नुभयो । नेपालमा आँखाको लेन्स उत्पादनको काम शुरु गर्दा बाहिर २०० डलर पर्नेमा यहाँ आविष्कार गरेपछि सस्तो भएकाले मोतियाबिन्दुका बिरामीको शल्यक्रियाका लागि ठूलो सहयोग मिलेको उहाँले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा