• होमपेज
  • समाचार
  • कांग्रेसभित्रको तरुण दल र नेविसंघमा विवाद,पटकको सहमति असफल

कांग्रेसभित्रको तरुण दल र नेविसंघमा विवाद,पटकको सहमति असफल

  • सोमवार, पुस ७, २०७६
कांग्रेसभित्रको तरुण दल र नेविसंघमा विवाद,पटकको सहमति असफल

नेपाली कांग्रेसभित्र देखिएको विवाद भातृसस्था तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व कसलाई दिने भन्ने विषयमा गएर अल्झिरहेको छ ।

यी दुई भातृ सस्थाको विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पटक पटकको सहमतिको प्रयास असफल भइरहेको छ । जसका कारण पौडेल पक्षले केन्द्रिय समिति बैठक बहिस्कार गर्दै आएको छ । देउवा पक्षले पेलेरै जाने नीतिसहित बैठक राखेपछि पछिल्ला बैठकहरु पौडेल पक्षले बहिस्कार गर्दै आएको हो ।

पौडेल पक्षले तरुण दल र नेविसंघको भेला गर्दै पेलेमा समानान्तर समिति बनाउने तयारी गरेको बताइन्छ । नेविसंघ र तरुण दलबारे पनि विवाद बढिरहेका बेला पौडेल पक्षले तरुण दलका आफू निकट नेताहरु भेला गरेर छलफल गरेको हो ।

छलफलमा सभापति देउवाले पेलेरै अर्थात सहमति नगरी तरुण दल र नेवि संघको अर्को समिति बनाएमा समानान्तर समिति बनाएर अघि बढ्ने कुरा भएको छ ।

मंगलबार पौडेल निकट नेता कार्यकर्तालाई महाराजगञ्जस्थित कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा विशेष भेला बोलाइएको थियो । भेलामा दुवै भातृ संगठनमा देउवाले सहमति नगरे समानान्तर समिति बनाउने तयारी भएको नेता गुरुराज घिमिरेले जानकारी दिए ।

पौडेल समूहले चार पदाधिकारी भएको तरुण दलको ६ महिना म्याद थप्नुभन्दा अब पोखरा महाधिवेशनको भावनाअनुसार ९५ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रस्ताव राखेको छ ।

नेविसंघमा संस्थापन पक्षले चार महामन्त्री प्रस्ताव गरेको छ । तर, पौडेल समूहले उपसभापति, महामन्त्री र कोषध्यक्षमा भागवण्डा मिलाउन प्रस्ताव गरेको छ । साथै नेविसंघ र तरण दल मध्ये एकको नेतृत्व पाउनुपर्ने पौडेल समूहको अडान छ । अभियान टाइम्सका साथमा 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि