• होमपेज
  • मनोरञ्जन
  • सिजी ल्यान्डमार्कमा अत्याधुनिक मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा

सिजी ल्यान्डमार्कमा अत्याधुनिक मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा

  • शुक्रबार, पुस ४, २०७६
सिजी ल्यान्डमार्कमा अत्याधुनिक मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा

चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथोतल्लामा रहेको सिनेप्लेक्स नामबाट अत्याधुनिक सुविधासम्पन्न मल्टिप्लेक्स (सिनेमा घर) सञ्चालनमा आएको छ । यही पुस ४ गते शुक्रबारबाट सिनेप्लेक्स सञ्चालनमा आएको हो ।

सिनेप्लेक्स सञ्चालकमध्येका एक कमल चौधरीले उक्त हल अत्याधुनिक सुविधा र प्रविधिसम्पन्न तथा विश्वस्तरको रहेको बताउनुभयो । ‘यसले भरतपुरको सहरी मनोरञ्जनको परिभाषा पुनर्लेखन गर्नेछ, यस क्षेत्रमा नयाँ आयाम थप्नेछ,’ उहाँले भन्नुभयो, ‘यसले उपभोक्तालाई उच्चस्तरीय सन्तुष्टि प्रदान गर्ने हाम्रो विश्वास छ । त्यसका लागि हामीतर्फबाट भरपूर प्रयास हुनेछ ।’
सञ्चालक चौधरीका अनुसार अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन छन् ।

स्क्रिन १ मा १४३ र २ मा २१९ सिट रहेको चौधरीले जानकारी दिनुभयो । चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उहाँले जानकारी दिनुभयो ।
यो हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ । आरामदायी सिट लगायत हलमा उपलब्ध अन्य अत्याधुनिक सुविधाले सिनेप्रेमीलाई विशिष्ट अनुभव दिलाउने सञ्चालकहरुको दाबी छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि