अटोमोबाइल्स एसोसिएशन अफ नेपाल(नाडा)को अध्यक्षमा कृष्ण दुलाल सर्वसम्मतले चयन भएका छन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाका वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
अध्यक्षका अर्का दावेदार प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाललाई नै सबैले सर्वसम्मत अध्यक्ष पदमा चयन गरेका हुन । नयाँ कार्यसमितिका लागि आइतबारलाई मनोनयन दर्ताको समय तोकिएको थियो । नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति रहने व्यवस्था छ । संस्थाका पदाधिकारीहरु सबै नै सर्वसम्मतले चयन भएको नव नियुक्त अध्यक्ष दुलालले आर्थिक न्यजलाई जानकारी दिए ।
अध्यक्षको चयन आतइतबार भएपनि यसको औपचारिक घोषणा भने नाडाको साधारणसभा पुस ४ गते हुनेछ । संगठनमा अध्यक्ष र कार्यसमिति सदस्यहरुका लागि निर्वाचन हुन्छ । नव निर्वाचित अध्यक्ष दुलालले अटोमोबाइल क्षेत्रलाई स्थापित व्यवसायका बनाउन आफ्नो पहल हुने बताए । उनले भने, ‘नेपालमा अटोमोबाइल क्षेत्रमा रहेका समस्यालाई समाधान गर्नमा मेरो नेतृत्वको कार्यसमिति लाग्ने छ ।’