• होमपेज
  • मनोरञ्जन
  • बरिष्ट ब्युटिसियन सोनीद्धारा मिनाको नयाँ व्युटिपार्लर उद्घाटन

बरिष्ट ब्युटिसियन सोनीद्धारा मिनाको नयाँ व्युटिपार्लर उद्घाटन

  • आइतवार, मंसिर २२, २०७६
बरिष्ट ब्युटिसियन सोनीद्धारा मिनाको नयाँ व्युटिपार्लर उद्घाटन

व्युटिसियन मिना पौडेलले आफ्नै नयाँ व्युटिपार्लर सुरु गरेकी छिन् । उनी लामो समयदेखि कस्मेटिक व्यबसायमा सक्रिय थिईन् । ललितपुरको जाउलाखेल स्थित कुसुन्तीमा उनले गत शुक्रबारबाट आफ्नो नयाँ व्युटीपार्लर ‘ब्लेसिङ ब्युटिपार्लर’ सुरु गरेकी हुन् ।

आफ्ना धर्मगुरुङकाट सफताको शुभकामनासहित प्राथना गराएर व्युटिसियन मिनाले सो पार्लरको उद्घाटन कार्यक्रम आयोजना गरेकी हुन् । रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर रबिभवनकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन सोनी कारंजितले रिवन काटेर ब्लेसिङ व्युटिपार्लरको उद्घाटन गरिन् ।

सो कार्यक्रमकी प्रमुख अतिथि एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितले आफ्ना विधार्थीहरुले यसरी व्युटिपार्लर खोलेर आत्मनिर्भर हुँदा आफुलाई निकै खुसी लागेको बताईन् । मिना दक्ष व्युटिसियन भएको र उनले व्युटिसियन सम्बन्धिसम्पूर्ण प्रशिक्षण पुरा गरेर आफ्नै पार्लर खोलेको भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् । बरिष्ट व्युटिसियन कारंजितले कुुसुन्ती क्षेत्रमा मिनाले राम्रो सेवा दिने विश्वास ब्यक्त गरिन् ।

व्युटिसियन मिनाले आधा दशकदेखि व्युटिपार्लर व्यबसायमा सक्रिय भए पनि रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरमा एक वर्षको थप डिप्लोमा कोर्ष पुरा गरेर आफुले यो व्युटिपार्लर सुरु गरेको कार्यक्रममा बताईन् । कुसुन्ती क्षेत्रमा सुविधायुक्त व्युटिपार्लर नभएको र यस क्षेत्रका सौन्दर्यप्रेमीहरुको चाहना अनुसार आफुले सुविधासम्पन्न यो व्युटिपार्लर सञ्चालनमा ल्याएको पनि मिनाले जानकारी गराईन् । आफ्नो पार्लरमा व्युटिसम्बन्धि सबै सेवा उपलब्ध रहेको र दक्ष व्युटिसियनबाट आफुले सेवा दिने गरेको पनि मिनाले बताईन् । कार्यक्रममा पत्रकार डब्बु क्षत्री, सरिता भारती, लक्ष्मण महर्जन, व्युटिसियन दीपा सुवेदीलगायत विभिन्न व्यक्तिहरुले मिनालाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि