• होमपेज
  • विचार/ब्लग
  • समस्याको समाधान नै चिया !

समस्याको समाधान नै चिया !

  • आइतवार, मंसिर १५, २०७६
समस्याको समाधान नै चिया !

न्यूरोडमा सामान किन्दै गर्नुभएका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त कोही आफन्त नै छ । उहाँ हतारमा एउटा चिया पसलमा छिर्नुभयो । साहुजीलाई चिया पकाउन अ¥हाउँदै शौचालयको सोधीखोजी गरेर शौच गर्न जानुभयो । सामान किन्नकै लागि नेपालगञ्ज आउनुभएका भण्डारीलाई चिया पिउनुभन्दा पनि पिसाब फेर्नुपर्ने थियो । पिसाब फेर्नकै लागि चिया पिउनैपर्ने भयो ।

“चिया त बहानामात्रै थियो, मुख्य कुरा त पिसाब फेर्नुपर्ने थियो,” उहाँले भन्नुभयो – “शहरमा चिनेजानेको कोही नभएपछि चिया पिउने बहानामा पिसाब फेर्न गएको हुँ ।” न्यूरोडकै एक फेन्सी पसलमा कपडा किन्दै गर्नुभएका बाँके बैजनाथ गाउँपालिका–२ का ओमप्रकाश रेग्मीलाई पनि पिसाबले च्याप्यो । फेन्सी पसलका साहुजीसँग सोध्नुभयो – “यहाँ शौचालय छ ?” साहुजीले सहजै जवाफ दिए – “यहाँ घरबेटीले शौचालय प्रयोग गर्न दिँदैनन् । तपाई अन्यत्रै जानुपर्छ ।” रेग्मीलाई पिसाबले निकै च्यापेको थियो । उहाँ कपडा किन्न छाडेर नजीकैको चिया पसलतिर लाग्नुभयो । साहुजी चिया बनाउनुस् है भन्दै शौचालय कहाँ छ भनेर सोध्नु भयो । चिया पसलेले शौचलय देखाइदिएपछि उहाँलाई निकै राहत महशुस भयो । पिसाब फेर्नकै लागि चिया पिउनुपर्ने उहाँको पनि रहर नभएर बाध्यता नै थियो ।

नेपालगञ्जमा यस्तो समस्या भण्डारी र रेग्मीको मात्रै नभएर आमनागरिकको साझा समस्या हो । नेपालगञ्ज जस्तो ठूलो शहरमा पर्याप्त सार्वजनिक शौचालय नहुँदाका पीडा भण्डारी र रेग्मीले जस्तै सबैले कुनै न कुनै रुपमा भोगिरहेकै हुन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले लाखौं खर्चेर ल्याएका चार वटा घुम्ती शौचालय सञ्चालनमा आउन सकेन । आएको भए पैदल यात्रुलाई केही राहत हुने थियो । पश्चिम नेपालको ठूलो र औद्योगिक शहर नेपालगञ्जले सार्वजनिक शौचालयको अभाव वर्षौदेखि यसैगरी झेलिरहेको छ ।

सर्वसाधारणको सुविधाका लागि ल्याइएका घुम्ती शौचालय सञ्चालनमा ल्याउन नसक्नु उपमहानगरपालिकाकै कमजोरी भएको बताउनुहुन्छ नेपालगञ्ज–१९ का स्थानीयवासी दीपक रेग्मी । “शहरमा रहेको शौचालयको अभावलाई उपमहानगरले सुल्झाउनुपर्छ,” उहाँले भन्नुभयो । नेपालगञ्जमा दैनिक ३०÷३५ हजार नागरिकको ओहोरदोहोर हुने अनुमान छ । तीमध्ये एक चौथाइ अर्थात् ८÷१० हजार नागरिकले पैदल यात्रा गरिरहेका हुन्छन् । सीमित स्थानमा भएका शौचालय यात्रुहरुका लागि पर्याप्त छैनन् । नेपालगञ्ज उपमहानगरभित्र रहेका १२ वटा सार्वजनिक शौचालयमध्ये सात वटा मात्र सञ्चालनमा रहेका छन् ।

भएका सार्वजनिक शौचालय पनि पायक पर्ने स्थानमा छैनन् । न्यूरोडमा शौच लागेमा एक किलोमिटर टाढा धम्बोझी चौक या दुई किलोमिटर टाढा सदरलाइन पुग्नुपर्छ । पश्चिम नेपालको व्यापारिक केन्द्रका रुपमा रहेको नेपालगञ्जमा पैदल यात्रुको चाप बढ्दो छ भने त्यस अनुपातमा सार्वजनिक शौचालय नहुँदा समस्या विकराल बन्दै गएको छ । त्यसमा पनि अपाङ्गता भएका र महिलालाई झन् समस्या हुन्छ । सुर्खेत रोडमा भेटिएकी पैदल यात्रु कविता शाहीले भन्नुभयो – “महिलालाई जहाँ पायो तहीँ जान मिल्दैन । कहिलेकाहीँ चिया पिउने बहानामा पिसाब फेर्नकै लागि होटलमै जानुपर्छ ।”

“अहिले सात वटा शौचालय सञ्चालनमा छन्, अन्य स्थानमा रहेका पाँच वटा र घुम्ती शौचालयलाई पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याउँदैछौं,” नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाइ निरीक्षक अशोक केसीले भन्नुभयो – “सार्वजनिक र घुम्ती शौचालय व्यवस्थितरुपमा सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।” शौचालय नहुनुको समस्या त छ नै, भएका शौचालय पनि फोहर र न्यूनतम सुविधाविहीन भएकाले सर्वसाधारणले समस्या भोग्नुपरिरहेको छ ।

शौचालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले ध्यान नदिएको यात्रुहरुको गुनासो छ । नेपालगञ्जका धम्बोझी चौक, भेरी अस्पताल, सदरलाइनस्थित घाँस मण्डी, त्रिभुवन चौक पूर्वमा रहेको सब्जी मण्डी, बाके गाउँ जाने बाटोमा रहेको मासु मण्डी, बसपार्क र बागेश्वरी मन्दिर नजीकै सार्वजनिक शौचालय जेनतेन प्रयोगमा आइरहेका छन् भन् अन्य सात स्थानमा रहेका सार्वजनिक शौचालय प्रयोग भएका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा गत मङ्सिरमा खरिद गरेर ल्याएको चार वटा घुम्ती शौचालय पाँच महिना नबित्दै प्रयोगविहीन भए ।

नेपालगञ्जका अति व्यस्त चोक र चौराहमा राख्न ल्याइएका घुम्ती शौचालय रेखदेखका लागि कर्मचारी नभएपछि प्रयोगविहीन भएका हुन् । सर्वसाधारणले शौच गरेबापत शुल्क तिर्न नमान्ने र ठेक्का लिएका ठेकेदारले खर्चसमेत नउठ्ने भन्दै ठेक्का रद्द गरेपछि सञ्चालनमा समस्या भएको उपमहानगरपालिकाका सरसफाइ निरीक्षक अशोक केसीले बताउनुभयो । “कार्यविधि बनाएर घुम्ती शौचालय सञ्चालनमा ल्याइए पनि पैसा तिरेर शौच गर्न नमानेपछि प्रयोगमा ल्याउन समस्या भयो,” उहाँले भन्नुभयो ।

घुम्ती शौचालय पुष्पलाल चोक र त्रिभुवन चोक, धम्बोझी, गुलरिया बसपार्कमा राखेर खुला दिसामुक्त अभियानमा टेवा पु¥याउने उपमहानगरको उद्देश्य थियो । भारतबाट ल्याइएका ती घुम्ती शौचालय चार महिनादेखि प्रयोगविहीन भएपछि हाल जिल्ला समन्वय समिति परिसरमा थन्क्याइएको छ । चार वटा शौचालयमध्ये एउटा मात्रै सञ्चालनमा रहेको सरसफाइ निरीक्षक केसीले बताउनुभयो ।

घुम्ती शौचालय तीन महिनाका लागि रु.७० हजारमा ठेक्का दिइएको थियो । “शौच गर्नेहरुले न्यूनतम शुल्कसमेत तिर्न नमानेपछि ठेकेदार कम्पनीले नवीकरण गर्न मानेनन्, प्रयोगमा नआएपछि जिल्ला समन्वय समिति परिसरमा राखिएको छ,” सरसफाइ निरीक्षक केसीले भन्नुभयो । तीन महिनाका लागि घुम्ती शौचालय रु ७० हजारमा भाडामा लिएका स्वच्छ नेपाल, हाम्रो अभियानका अध्यक्ष भानु भट्टले भाडामा लिएर सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार धेरैको शौचालयमा भन्दा खुला ठाउँ र झाडीमा शौच गर्ने प्रवृत्ति छ । शौच गर्न आए पनि शुल्क तिर्न चाहँदैन ।

एक ठाउँबाट अर्को ठाउँ सहजै लैजान सकिने यो आधुनिक शौचालयमा एकसाथ आठ जनाले प्रयोग गर्न सक्ने सुविधा छ । सञ्चालन खर्चका लागि पिसाब बापत रु पाँच र दिसा बापत रु १० शुल्क तोकिएको छ तर, शुल्क तिरेर शौच गर्नेको सङ्ख्या न्यून छ । चोक र चौराहमा राखेर फाइदा नभएपछि ती शौचालयलाई मेला, महोत्सव, आमसभा र धार्मिक कार्यक्रममा प्रयोग गर्न आयोजकले भाडामा लिने गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि