• होमपेज
  • कर्पोरेट
  • महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स बीच सम्झौता

महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स बीच सम्झौता

  • आइतवार, कार्तिक २४, २०७६
महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स बीच सम्झौता

महालक्ष्मी विकास बैंकले ‘लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयर’ मार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने भएको छ। यसका लागि बैंकले एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।

बैंकका सामान्य सेवा विभाग प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

‘लोन म्यानेजमेन्ट सिस्टम’ मार्फत् बैंकले आन्तरि ऋण तथा त्यस फाइलको स्वीकृति प्रकृयालाई स्वचालित र डिजिटलाइज गर्न सक्नेछ। यसबाट बैंकलाई ग्राहकको ऋणका फाइलसम्बन्धी कामको स्वीकृति र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ।

बैंकले चाँडै नै अनलाइनबाट ऋण लिन योग्य हो/होइन भन्ने सेवाको पनि सुरुवात गर्ने छ। यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन्।

बैंकका एक लाखभन्दा बढी ग्राहक छन्। बैंकका देभर १०० भन्दा बढि शाखा छन्

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि