• होमपेज
  • ब्रेक्इङ न्युज
  • कामना सेवाकोे १००औं शाखा ललितपुरको कुमारीपाटीमा

कामना सेवाकोे १००औं शाखा ललितपुरको कुमारीपाटीमा

  • शनिबार, कार्तिक १६, २०७६
कामना सेवाकोे १००औं शाखा ललितपुरको कुमारीपाटीमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ललितपुर ्िजल्ला ललितपुर महानगरपालिका वडा नं. २० स्थित कुमारीपाटीमा १००औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिप आर्चाय तथा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको समुद्घाटन गर्नु भएको थियो । १०० औं शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरिएको थियो ।

प्रमुख अतिथि शिवराज श्रेष्ठले शुभकामना मन्तव्य दिनु हुदै बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । बैकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा अत्यन्तै चनाख भएर काम गर्न सुझाव समेत दिनु भयो ।

यसै अबसरमा बैंकले स्वर्णिम सुरक्षित बचत खाताको अपार सफलता पछि समय सापेक्ष व्यवसाय प्रवर्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आजै देखि लागू हुने गरी विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ समेत गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त योजनाको शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पार्नु भएको थियो ।

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक चतुराखर अधिकारीले स्वागत तथा संस्थापक कृष्ण आचार्य र बैंकका सञ्चालक भिम प्रसाद तुलाचन शुभकामना मन्तव्य व्यक्त गनु भएको थियो भने कार्यक्र सञ्चालन बैंकका कानून विभाग प्रमुख डिपी भट्टराईले गर्नु भएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै १०० वटा शाखा तथा ४९ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ब्द्यABBS, Latest Internet Banking and Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा