• होमपेज
  • कर्पोरेट
  • सिटिजन्स बैंकको नाफा घट्यो

सिटिजन्स बैंकको नाफा घट्यो

  • शुक्रबार, कार्तिक ८, २०७६
सिटिजन्स बैंकको नाफा घट्यो

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा ७ करोड ९६ लाख ४२ हजार रुपैयाँले खुद नाफा घटेको हो ।

बैंक गत अर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले चालु आर्थिक वर्षको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने गत आर्थिक वर्षको यसै अवधीमा ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको सिसिडी ७८.४१ प्रतिशत, स्प्रेटदर ४.१६ प्रतिशत र बेसरेट १०.७५ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधीमा बेसरेट ११.१५ प्रतिशत थियो

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्ममा ७२ अर्ब ४३ करोड ९१ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । उक्त निक्षेप बैंकले गत वर्षको भन्दा १ अर्ब ९३ करोड ९२ हजार बढी हो । गत वर्षको सोहि अवधीमा बैंकले ७० अर्ब ५० करोड ९० लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । साथै, बैंकले उक्त अवधीमा ६७ अर्ब ५५ करोड ४१ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै , बैंकले असोज मसान्तसम्म २१ करोड ३ लाख ६५ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । वाणिज्य बैंकहरुमा सबैभन्दा पहिला वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्स बैंक हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि