• होमपेज
  • कर्पोरेट
  • माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को मुख्य प्रायोजक

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को मुख्य प्रायोजक

  • मङ्लबार, कार्तिक ५, २०७६
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को मुख्य प्रायोजक

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को आयोजना हुने भएको छ । काठमाण्डौमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक लि. र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीवीच कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को  मुख्य प्रायोजक माछापुच्छे बैंक लि. रहने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात यो वर्षको कर्पोरेट सुपर सिक्सेस टुनामेन्टको नाम माछापुच्छे बैंक, कर्पोरेट सुपर सिक्सेस टुनामेन्ट रहने जनाएको छ ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।

साथै उनले पूर्वमा झापादेखि पश्चिममा महाकाली सम्म २७१ भन्दा बढि सेवा सञ्जाल मार्फत आम नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छे बैंकले विशुद्ध बैंकिग सेवा मात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउदै आएकोे बताउदै खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने जनाए ।

प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छे बैंक, कर्पोरेट सुपर सिक्सेस टुनामेन्ट कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए  ।

माछापुच्छे बैंकले देशभर १४१ वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएमहरु मार्फत बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि