एनआईसी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लि.बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम एनआईसी एशियाका ग्राहकहरुले आज (आसोज ३० देखि २०७६ कात्र्तिक १६) (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।
वल्र्डलिङ्कका ग्राहकले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्ने छन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र वल्र्डलिङ्कको तर्फबाट प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे ।
बैंकले हाल ३०१ शाखा, ३७८ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।