• Skip this

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

Advertisement area

  • होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • एयर इन्डियाद्वारा नमस्कार सेवा

एयर इन्डियाद्वारा नमस्कार सेवा

  • शुक्रबार, अशोज १७, २०७६
एयर इन्डियाद्वारा नमस्कार सेवा

भारतको राष्ट्रिय ध्वजावहाक हवाई सेवा कम्पनी एयर इन्डियाले आफ्नो सेवालाई प्रभावकारी बनाउन नमस्कार सेवा सुरु गरेको छ । नयाँ दिल्ली विमानस्थलमा यात्रुहरुका लागि नमस्कार सेवा सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

नमस्कार सेवा अन्तर्गत विमान कम्पनीका कर्मचारीहरुले विमानस्थलमा भेटिएका आफ्ना ग्राहकहरुलाई भेट्ने, नमस्ते गर्ने, राम्रो व्यवहार गर्नेलगायत रहेको छ । कर्मचारीहरुले विमानस्थलमा प्रवेशदेखि जहान नचढेसम्म उनीहरुलाई उच्च सम्मान गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी यात्रुहरुलाई फाराम भर्न, सामान लैजान, वोर्डिङ पास उपलब्ध गराउनलगायतका अन्य आवश्यक सम्पुर्ण कार्यहरु कर्मचारीहरुले नै गरिदिने भएका छन् । नमस्कार सेवा अन्तर्गतका यी सेवाहरु प्रदान गरे वापत न्युनतम शुल्क पनि तोकेको कम्पनीले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार गत अप्रिलदेखि जुनसम्ममा यस विमान कम्पनीबाट ८० लाख यात्रुले आन्तरिक र ३५ लाख यात्रुले अन्तर्राष्ट्रिय सेवा प्राप्त गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार