• होमपेज
  • शेयर मार्केट
  • सिद्धार्थ बैंकले बोनस शेयर सहित २५.२६ प्रतिशत लाभांस दिने

सिद्धार्थ बैंकले बोनस शेयर सहित २५.२६ प्रतिशत लाभांस दिने

  • बिहिबार, अशोज १६, २०७६
सिद्धार्थ बैंकले बोनस शेयर सहित २५.२६ प्रतिशत लाभांस दिने

सिद्धार्थ बैंकले कात्तिक ७ गते १८ औ वार्षिक साधारणसभा डाकेको छ। संचालक समितिले यस अगाडि घोषणा गरेको १५.२६ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस शेयर साधारणसभाले पारित गर्ने छ।

साधारणसभामा सहायक कम्पनी सिद्धार्थ क्यापिटल सहितको वित्तीय विवरण पारितका लागि पेश गरिने छ। लगानीकर्ताहरुले गत आर्थिक वर्षको नाफाबाट एक अर्ब ३५ करोड रुपैयाँ नगद लाभांस पाउने छन्। त्यस्तै ८८ करोड ८७ लाख रुपैयाँको बोनस शेयर पाउने छन्। बोनस शेयर पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ।

Facebook Comments

सम्बन्धित समाचार