• होमपेज
  • कर्पोरेट
  • सनराइज बैंकद्वारा बाल मन्दिरलाई सामग्री बितरण

सनराइज बैंकद्वारा बाल मन्दिरलाई सामग्री बितरण

  • सोमवार, अशोज १३, २०७६
सनराइज बैंकद्वारा बाल मन्दिरलाई सामग्री बितरण

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नक्साल स्थित बाल मन्दिरमा सहयोग सामाग्री वितरण गरेको छ । कार्यक्रममा बैंकले बालबालिकालाई आबश्यक पर्ने खाद्य सामग्री लत्ताकपडा वितरण गरेको छ ।

उक्त सामग्री वितरण कार्यक्रममा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल,बैंकका संचालक बच्चुराम तातड लगाएत बैंकका विशिष्ट कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बैंक एउटा कानुनी प्राणि भएको बताउदै आफु जुन समाजमा रहिन्छ, त्यो समाजमा आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्नु पर्छ भन्ने कुरा आत्मसात गरेकाले आज बाल मन्दिर संग सहकार्य भएको बताए । उनले आगामी दिनमा पनि बाल मन्दिर संग हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

 

कार्यक्रममा बैंकका संचालक बच्चुराम तातडले १० बर्ष देखि लगातार आनाथ बालाबालिकाको संरक्षणमा स्थापित बाल मन्दिरलाई सहयोग गर्न पाएकोमा खुसि ब्याक्त गर्दै आगामी दिनमा पनि सहयोग जारि रहने बताए ।

हाल बैंकले असोज महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार