• होमपेज
  • शेयर मार्केट
  • नेपाल एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने

नेपाल एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने

  • सोमवार, अशोज १३, २०७६
नेपाल एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने

नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत वर्षमा आर्जित मुनाफाबाट उक्त लाभांश दिन लागेको जनाएको छ । बैंकले आफूले गरेको उक्त निर्णय आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।

उक्त प्रस्तावलाई बैंकको आगामी २६औँ वार्षिक साधारसभा र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण गरिने कम्पनीका सचिव भीष्म नेउपानेले जानकारी दिनुभयो । सो बैंकले अघिल्लो आवमा १५ दशमलव ७९ प्रतिशत लाभांश बाँडेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि