• होमपेज
  • प्रविधि
  • देव विकास बैंकका ग्राहकले सेलपेमा आबद्ध हुनासाथ १ सयको रिचार्ज पाउने

देव विकास बैंकका ग्राहकले सेलपेमा आबद्ध हुनासाथ १ सयको रिचार्ज पाउने

  • सोमवार, अशोज १३, २०७६
देव विकास बैंकका ग्राहकले सेलपेमा आबद्ध हुनासाथ १ सयको रिचार्ज पाउने

देव विकास बैंक र डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबीच सहकार्य भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

देव विकास बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।

सन् २०१५ मा स्थापना भएको देव विकास बैंकले ६९ शाखाहरु, ११ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार