• होमपेज
  • कर्पोरेट
  • एनआईसी एशिया बैंककोे चार नयाँ शाखा

एनआईसी एशिया बैंककोे चार नयाँ शाखा

  • आइतवार, अशोज १२, २०७६
एनआईसी एशिया बैंककोे चार नयाँ शाखा

एन आई सी एशिया बैंकको चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ्ग सेवा आश्विन १२ गतेदेखि सञ्चालनमा आएको छ । रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरे । त्यस्तै चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले गरे ।

चितवन जिल्लाकै राप्ती नगरपालिका वडा नं ५ स्थित भण्डारा शाखाको उद्घाटन राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाइँले गरे । साथै काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ काँडाघारीस्थित काँडाघारी शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेलले गरिन् ।

यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ३ को पथरिया नयाँबजारमा बैंकको ४२औंं शाखारहित बैंकिङ्ग सेवा आजदेखि संचालनमा आएको छ । बैंकले संचालनमा ल्याएको पथरिया नयाँबजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि प्रसाद दंगाललाई नियुक्त गरिएको छ ।

यी चार शाखाहरु र थप एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार