• होमपेज
  • कर्पोरेट
  • सनराइज बैंकद्वारा सहयोग सामाग्री वितरण कार्यक्रम

सनराइज बैंकद्वारा सहयोग सामाग्री वितरण कार्यक्रम

  • आइतवार, अशोज १२, २०७६
सनराइज बैंकद्वारा सहयोग सामाग्री वितरण कार्यक्रम

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न बृद्घ आश्रम तथा अनाथालयहरुमा सहयोग सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ । “Caring Humanity हामी संग संगै ” भन्ने नाराको साथ बैंकले कुपण्डोलको निजानन्द बृद्घ आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ ।

सोहिदिन बैंकको तिनकुने, बिराटचोक, बर्दीवास, कोहलपुर, पनौती, बिरेन्द्रनगर, र अत्तरिया शाखाहरुबाट बृद्घ आश्रम तथा अनाथालयहरुमा सहयोग सामाग्री वितरण कार्यक्रम गरीएको छ ।

त्यसैगरी आश्विन १३ गते बैकले टंगाल स्थित बाल मन्दिर, बगर र धरान शाखाहरु बाट सहयोग सामाग्री वितरण गर्ने जनाएको छ , भने आश्विन १४ मा बानियाटार शाखाले सहयोग सामाग्री वितरण गर्ने योजना बताएको छ । बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार