नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले काठमाडौंको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाइ ४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत बालबालिकाका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन टिभी तथा आवश्यक सामग्रीका साथै खेलकूद समाग्री सहयोग गरेको छ ।
उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापकी दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका थिए ।