• होमपेज
  • कर्पोरेट
  • उच्च अदालत पाटनमा एनआईसी एशियाको काउण्टर राखिने

उच्च अदालत पाटनमा एनआईसी एशियाको काउण्टर राखिने

  • शनिबार, अशोज ११, २०७६
उच्च अदालत पाटनमा एनआईसी एशियाको काउण्टर राखिने

एनआईसी एशिया बैंकको विस्तारित काउण्टर उच्च अदालत पाटन परिसरमा राखिने भएको छ ।

बैंक र उच्च अदालत पाटन, ललितपुरबीच हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा बैंकको विस्तारित काउण्टर संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरेका छन् ।

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार