• होमपेज
  • कर्पोरेट
  • ग्लोबल आइएमई बैंकले ल्यायो ४ नयाँ खाता

ग्लोबल आइएमई बैंकले ल्यायो ४ नयाँ खाता

  • शुक्रबार, अशोज १०, २०७६
ग्लोबल आइएमई बैंकले ल्यायो ४ नयाँ खाता

गैर आवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।

चार नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसिवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसिवाइ मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसिवाइ बचत खाता र ग्लोबल एनआरएन एफसिवाइ बचत खाता रहेका छन् ।

अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसिवाइ बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशतसम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिने मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ ।

उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ । साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ ।

एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात १०,००० अमेरिकी डलर रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार