• होमपेज
  • शेयर मार्केट
  • एनआइसी बैंकको लाभांश पारित

एनआइसी बैंकको लाभांश पारित

  • शुक्रबार, अशोज १०, २०७६
एनआइसी बैंकको लाभांश पारित

एनआईसी एसिया बैंकको २२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको पुँजी वृद्धिको प्रस्ताव पनि पारित गरेको छ । यसबाट बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ रुपैयाँ पुगेको छ । बैकमा डिम्याट खाता हुने शेयरधनीलाई आजै नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार