• होमपेज
  • बीमा
  • प्राइम लाइफको चुक्तापुँजी दुई अर्ब नाघ्यो

प्राइम लाइफको चुक्तापुँजी दुई अर्ब नाघ्यो

  • बुधबार, अशोज ८, २०७६
प्राइम लाइफको चुक्तापुँजी दुई अर्ब नाघ्यो

प्राइम लाइफ इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब रुपैयाँ नाघेको छ । कम्पनीले विशेष साधारण सभा गरी सेयरधनीहरुमा १२.५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको हो ।

कम्पनीले गत असोज ७ गते विशेष साधारण सभाले सम्पन्न गरेको थियो । जसमा सञ्चालक समितिले पहिलेको चुक्तापुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर पारित गरी वितरण गरेपछि कम्पनीको चुक्तापुँजी २ अर्ब नाघेको हो ।

विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले सातै वटा प्रादेशिक, शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी १४० भन्दाबढी स्थानबाट सेवा दिइरहेको छ । कम्पनीले विभिन्न १६ किसिमका जीवन बीमा लेखहरु प्रचलनमा ल्याएको छ ।

गत भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बीमालेख बिक्री गरी कुल १५ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ र जीवन बीमा कोषको आकार ८ अर्ब ९० करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार