• होमपेज
  • कर्पोरेट
  • सनराइज बैंकको वार्षिक उत्सवमा कार्यक्रम सम्पन्न

सनराइज बैंकको वार्षिक उत्सवमा कार्यक्रम सम्पन्न

  • मङ्लबार, अशोज ७, २०७६
सनराइज बैंकको वार्षिक उत्सवमा कार्यक्रम सम्पन्न

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

“वित्तीय साक्षरता (हामी संग संगै” भन्ने नाराको साथ बैंकले आश्विन २ मा पेपसी कोला र आश्विन ३ मा पोखरा शाखाबाट कार्यक्रमको सुरुवात गरेको थियो ।

त्यसैगरी बैंकले आश्विन १० देखि १५ गते सम्म बिरतामोड, मिरचैंया, नेपालगंज, सुरखेत र लम्की लगायत देशभर आफ्नो विभिन्न शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना बनाएको छ । बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार