• होमपेज
  • समाचार
  • संविधान दिवसका अवसरमा तीन पुरस्कृत   

संविधान दिवसका अवसरमा तीन पुरस्कृत   

  • शुक्रबार, अशोज ३, २०७६
संविधान दिवसका अवसरमा तीन पुरस्कृत   

संविधान दिवस २०७६ का अवसरमा प्रदेश नं १का राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामीरीता शेर्पा र म्याराथुनका अन्तरराष्ट्रिय धावक मीरा राई पुरस्कृत हुनुभएको छ । प्रदेश नंं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले उहाँहरूलाई जनही रु पाँच लाख नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सोही प्रदेशका मुख्य मन्त्री शेरधन राईले नेपालको संविधान २०७२ राष्ट्र निर्माणको बलियो आधार भएको र सोही बमोजिम सहकार्य तथा सहअस्तित्वलाई समेत अङ्गिकार गरी शासन सञ्चालन भइरहेको बताउनुभयो ।

तीन तहका सरकारकाबीच कुनै द्विविधा नरहेको प्रष्ट पार्दै उहाँले सरकार सञ्चालनका लागि मूलभूत विषयमा राजनीतिक दलहरुबीच एकता रहेको जिकिर गर्नुभयो । संविधान दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै मुख्य मन्त्री राईले यो प्रदेशको नामाकरण छिट्टै गरिनेमा जोड दिनुभयो । भ्रष्टाचारका लागि सरकारले शून्य सहनशीलता अपनाएको, शासकीय पद्धतिमा जवाफदेहिता र पारदर्शीता अपनाउन सरकार क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, सगरमाथा टिन्स क्लब, राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक समाज र सञ्चारकर्मी सम्मिलित ¥यालीले नगर परिक्रमा गर्दै स्थानीय शहीद रङ्गशालामा पुगेर सभामा परिणत भएको थियो । सभामा सूर्यदल गणका साथै विभिन्न जात जातिका झाँकी, लाखेनाच, परम्परागत वेषभूषा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा पोखरीया बाल क्लब, सत्यनारयाण मावि र नेपाल स्काउट क्रमशः प्रथम, द्वितीय र तृतीय भई क्रमशः रु ३० हजार, रु २० हजार र १० हजार पुरस्कार प्राप्त गरेका थिए भने सैनिक आवासीय विद्यालय तथा नेपाल प्रहरी विद्यालयले सन्त्वना पुरस्कार स्वरुप रु पाँच–पाँच हजार प्राप्त गरेका थिए ।समारोहमा प्रदेशका मन्त्रिगण, उच्च पदस्त अधिकारी विभिन्न दलका नेता सुरक्षा निकायका प्रमुख,समाजसेवी र उद्योगपतिको सहभागिता थियो ।

यसअघि मुख्यमन्त्री राईले विराटनगर विमानस्थल र जनआन्दोलन (महेन्द्रचोक) मा स्थायीरूपमा रहनेगरी ठूलो राष्ट्रिय झण्डा फहराउनुभएको थियो । आजै प्रदेशको १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका विभिन्न ३८ स्थानमा झण्डोत्तोलन पनि गरिएको प्रदेश प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि