• होमपेज
  • वाणिज्य बैंक
  • सनराइज बैंकको डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम

सनराइज बैंकको डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम

  • बुधबार, अशोज १, २०७६
सनराइज बैंकको डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम

सनराइज बैंक लिमिटेडले आफ्नो १२ औं बार्षिकोत्सबको अवसरमा सनराइज बैंक दमौली शाखाले बुधबार व्यास न.पा. वडा नं २ स्थित केराघारीमा केराघारी आधारभूत स्वास्थ्य चौकी र सामाधान हस्पिटल प्रा.ली. को प्राबिधिक सहकार्यमा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

व्यास न.पा. वडा नं २ का वडाध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सनराइज बैंक लिमिटेड दमौली शाखाका शाखा प्रमुख किर्तीमान राणाले संचालन गर्नु भएको थियो ।

२०० जना भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा समाधान हस्पिटल प्रा.ली.का चिकित्सक डा. श्रीराम चन्द र यास न.पा. वडा नं २ केराघारी आधारभूत स्वास्थ्य चौकीका प्रमुख सुनिल अधिकारीले डेंगु रोग तथा यस बाट बच्ने उपायहरु बारे बोल्नुभएको थियो । सोही अवसरमा उक्त कार्यक्रममा सहभागीहरुको सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार