• होमपेज
  • समाचार
  • विश्व प्रेस काउन्सिलको महासचिवमा नेपाल चयन   

विश्व प्रेस काउन्सिलको महासचिवमा नेपाल चयन   

  • शुक्रबार, भदौ २७, २०७६
विश्व प्रेस काउन्सिलको महासचिवमा नेपाल चयन   

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन हुनुभएको छ ।

अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन हुनुभएको हो ।  प्रेस काउन्सिल नेपाल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा प्राडा सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा तामेर अताबारुत (टर्की) चयन हुनुभएको छ ।

सो सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मासहितका देश सहभागी थिए ।

Facebook Comments

सम्बन्धित समाचार