• होमपेज
  • कर्पोरेट
  • मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

  • बुधबार, भदौ २५, २०७६
मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग, पर्सा शाखामा सदस्य रहनुभएका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व। मनमाया मगरको छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टिकादत्त ईटनि, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त रुपमा १ लाख ४३ हजार सात सय चौरासी रुपैंया बराबरको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार