• होमपेज
  • बीमा
  • रिलायन्स लाईफको बीमाशुल्क अब ई–सेवाबाटै तिर्न सकिने

रिलायन्स लाईफको बीमाशुल्क अब ई–सेवाबाटै तिर्न सकिने

  • मङ्लबार, भदौ २४, २०७६
रिलायन्स लाईफको बीमाशुल्क अब ई–सेवाबाटै तिर्न सकिने

रिलायन्स लाईफको बीमाशुल्क अबदेखि ई– सेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

अनलाईन मार्फत भुक्तानी गर्न सकिने सेवाको समझदारी पत्रमा ई –सेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र रिलायन्स लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै रिलायन्स लाईफको बीमीतले ई –सेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै बीमाशुल्क भुक्तानी गर्न पाउने भएका छन् ।

त्यस्तै कम्पनीले ई –सेवा एकाउन्ट नभएका ग्राहकले ई –सेवाका देशभर रहेका कुनै पनि जोन प्वाईन्ट मार्फत बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार