• होमपेज
  • समाचार
  • नेपाल टेलिकमको गाउँ लक्षित द्रूत गतिको इन्टरनेट सेवा सुरु

नेपाल टेलिकमको गाउँ लक्षित द्रूत गतिको इन्टरनेट सेवा सुरु

  • मङ्लबार, भदौ २४, २०७६
नेपाल टेलिकमको गाउँ लक्षित द्रूत गतिको इन्टरनेट सेवा सुरु

नेपाल टेलिकमले पहिलो पटक सिङ्गो गाउँपालिकालाई समेट्ने गरी दू्रत गतिको इन्टरनेट सेवा ‘एफटीटीएच’ सुरु गरेको छ । टेलिकमले रुपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारबाट उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर पाँचका सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई ‘एफटीटीएच’ प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको उद्घाटन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिँदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गरे ।

नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले नेपाल टेलिकमले अअङ्गीकार गर्नुपर्ने विभिन्न कानूनी प्रावधानका कारण भोग्नुपरेको समस्या उल्लेख गर्दै कम्पनी सदैव ग्राहक सेवामा केन्द्रित रहेको बताए ।

निर्देशक मालाकारले आगामी दिनमा नेपालका अन्य गाउँपालिकाहरुमा पनि यो सेवा विस्तार गरिने जानकारी दिए ।
कार्यक्रममा गैडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवटले गाउँमा उच्चस्तरीय सञ्चार प्रविधि उपलब्ध नहुँदा र हुँदाको अवस्थाका बारेमा बोलेका छन् । कार्यक्रममा एफटीटीएच खरिद गर्ने ग्राहकहरुलाई राउटर हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो ।

सोही अवसरमा त्यस भेगका जनतालाई निः शुल्क प्रिपेड सिमकार्डसमेत वितरण गरिएको टेलिकमले जानकारी दिएको छ । टेलिकमले ‘एफटीटीएच’ सेवाअन्तर्गत व्यक्तिगत र व्यावसायिक प्रयोगकर्ताका साथै कम्बो प्याकेजसमेत उपलब्ध गराएको छ ।

यसअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबीपीएसको प्याक जम्मा आठ हजार रुपैयाँमा उपलब्ध छ । हाल ‘एफटीटीएच’ प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्ने टेलिकमले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि