• होमपेज
  • चलेको
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

  • मंगलबार, भदौ २४, २०७६
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

नेपाल आयल निगमले पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्नासाथ २ रुपैयाँले मूल्य घटाएको छ ।

पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

समायोजन भएको नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख  पौडेलको भनाइ छ ।

 

 

Facebook Comments

सम्बन्धित समाचार